समाज

पूर्वराजाका संवाद सचिव पाठक रिहा

पूर्वराजाका संवाद सचिव पाठक रिहा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक रिहा भएका छन् । 

संविधानविपरीतका गतिविधि गरेको आरोपमा पाठकलाई प्रहरीले शुक्रबार बिहान ८ बजे बालुवाटारबाट नियन्त्रणमा लिएको थियो । १२ घण्टाको केरकार र सोधपुछि पाठकलाई प्रहरीले साँझ आठ बजे रिहा गरेको हो । 

उनलाई र हिन्दु महासंघका अध्यक्ष अस्मिता भण्डारी समेतलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा विज्ञप्ति जारी गरी भिड जम्मा गरेको र पूर्वराजालाई कुन कानूनको आधारमा श्री ५महाराजाधिराज लेखेको भनी स्पष्टीकरण सोधिएको थियो । 

पूर्वराजा शाहका नाममा उनको सचिवालयले जारी गर्ने गरेका लिखित सूचना, जानकारी तथा सन्देशहरूमा श्री ५ महाराजधिराज शब्द प्रयोग हुँदै आएका छन् । त्यसको प्रचारप्रसार भने फणिराज पाठकले गर्दै आएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *