मुख्य समाचार

चीनको युनानमा ५ म्याग्निच्युडको भूकम्प

चीनको युनानमा ५ म्याग्निच्युडको भूकम्प

एजेन्सी । चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार दक्षिणपश्चिम चीनको युनान प्रान्तको डालीको बाई स्वायत्त प्रान्तको एर्युआन काउन्टीमा बिहीवार बिहान ४ः३१ बजे (बेइजिङ समय) ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु २६.२६ डिग्री उत्तर अक्षांश र १००.०३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । 

एर्युआन काउन्टी, डाली शहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महशुस गरिएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *