समाज

बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध

बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ। 

निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार रातभर पानी परेपछि आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो। 

बाढीले डाइभर्सनमा क्षति गरेसँगै मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जालमा यातायात ठप्प भएको छ।

यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो ।त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *