चितवन । चितवनका १ हजार २ सय ५३ जना बीउ उत्पादक किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् ।
कृषि विकास कार्यालय चितवनले जिल्लाका ९ वटा कृषक फर्ममा आबद्ध ती किसानलाई कुल १ करोड ४७ लाख ८० हजार ३ सय ५० वितरण गरेको हो ।
किसानले १ हजार १ सयदेखि १ लाख ४३ हजार सम्म प्रोत्साहन पाएका छन् । रकमको वितरण उनीहरूले उत्पादन गरेको क्षेत्रफल र बीउको प्रकार अनुसार गरिएको कार्यालयको भनाइ छ ।
स्रोत बीउमा प्रति हेक्टर २० हजार र उन्नत बीउमा प्रति हेक्टर १५ हजार का दरले प्रोत्साहन वितरण गरिएको कार्यालयले जनाएको छ । प्रोत्साहन रकम गहुँ र धानको बीउ उत्पादनमा संलग्न किसानलाई दिइएको हो । तर, केही किसान भने जग्गाधनी पूर्जासम्बन्धी कागजात नपुगेका कारण रकम प्राप्त गर्नबाट वञ्चित भएका छन् ।
कुल ९ सय ६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने किसानले यो सुविधा पाएको कार्यालयको तथ्यांक छ ।