समाज

कुलिङ पिरियडबारे सभामुख घिमिरे र सांसदहरुबीच छलफल

कुलिङ पिरियडबारे सभामुख घिमिरे र सांसदहरुबीच छलफल

काठमाडौं । कुलिङ पिरियडबारे सांसदहरुले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन्  । 

कर्मचारीको ‘कुलिङ पिरियड’ २ वर्षे हुनगरी राज्य व्यवस्था समितिले पारित गरेको प्रतिवेदन प्रतिनिधिसभाबाट समेत पारित भइसकेको अवस्था किर्ते भएको खुलासा भएपछि सभामुख घिमिरेले छलफल थालेका हुन् । 

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरुले छलफल गरेका हुन् । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ थपिएको पाइएपछि धेरै नेताले आपत्ति जनाएका छन्  । 

छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा,  एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसकी ईश्वरी देवी न्यौपानी, एमालेका कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायत सहभागी भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *