मुख्य समाचार

संसदको गतिरोध अन्त्यका लागि सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल

संसदको गतिरोध अन्त्यका लागि सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै सभामुख घिमिरेले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका छन् । 

यही जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । प्रतिपक्षी दलहरुले गृह मन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध गरेपछि संसद्‍को कारबाही अघि बढ्न नसकेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *