मुख्य समाचार

देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ : प्रकाशशरण महत

देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ : प्रकाशशरण महत

तनहुँ । पूर्वऊर्जा मन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज (बिहीबार) बिहान निरीक्षण गरेपछि उनले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधिकतम उपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भनेका छन् । 

ऊर्जाका माध्यमबाट औद्योगिक विकासका साथै बिजुली बेचेर देशलाई समृद्ध बनाउन सकिने तथा विद्युतीय वाहनको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात पनि घटाउन सकिने भएकाले ऊर्जामा आत्मनिर्भर हुन सघाउने तनहुँ जलविद्युत् आयोजना निर्धारित समयमा पूरा हुनुपर्नेमा उनले जोड दिए । 

पार्टी प्रवक्तासमेत रहेका नेता महतले आयोजनाको प्याकेज र विद्युत् गृहको निरीक्षण गरेका थिए । उनलाई आयोजना प्रमुख श्यामजी भण्डारीले  हालसम्म आयोजनामा भएका प्रगतिबारे जानकारी गराएका थिए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *