काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् ।
शनिवार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्न नमिल्ने उल्लेख गरे ।
गुरुङले राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएको र अझै प्रधानमन्त्री बन्नसक्ने बताए । दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताए ।
उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने बताए ।