मुख्य समाचार

डेनमार्कको कोपेनहेगन विश्वकै उत्कृष्ट शहरहरुको सूचीमा

डेनमार्कको कोपेनहेगन विश्वकै उत्कृष्ट शहरहरुको सूचीमा

एजेन्सी । डेनमार्कको कोपनहेगन बसोबासको हिसाबले उत्कृष्ट शहरहरुको सूचीको पहिलो नम्बरमा परेको छ । 

ग्लोबल लिभेबिलिटी इन्डेक्स २०२५ अनुसार अस्ट्रियाको राजधानी भिएना शहरलाई पछि पार्दै कोपनहेगन पहिलो बनेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोपनहेगन सन् २०२५ मा संसारको सबैभन्दा खुशी शहर पनि घोषणा भएको थियो । यस वर्ष दोस्रो नम्बरमा पुगेको भिएना शहर १३ वर्षदेखि लगातार पहिलो नम्बरमा थियो । 

द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू) ले संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ ।

सूचीको तेस्रो नम्बरमा स्वीट्जरल्याण्डको ज्यूरीक, चौंथोमा अष्ट्रेलियाको मेलवर्न, पाँचौमा स्विटजरल्याण्डको जेनेभा, छैटौंमा अष्ट्रेलियाको सिड्नी, सातौंमा जापानको ओसाका, आठौंमा न्यूजिल्याण्डको अकल्याण्ड, नवौंमा अष्ट्रेलियाको अडिलेइड र दशौंमा क्यानडाको भ्यान्कुभर रहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *