समाज

कालोपत्र गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोशित, ठेकेदारलाई कारबाही गर्न माग

कालोपत्र गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोशित, ठेकेदारलाई कारबाही गर्न माग

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट–दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहिन भएको भन्दै कोटका स्थानीय आक्रोशित भएका छन् । 

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएपछि तथा सडकमा घाँस उम्रिएपछि स्थानीय आक्रोशित भएका हुन् । गुणस्तरहिन काम भएका कारण सडक एक महिना नपुग्दै भत्किएपछि स्थानीयले ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । 

गत असार महिनामा कालोपत्र गरिएको सडक भत्किएको हो । सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आर एन आर आर कम्पनीले विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको थियो । 

टेम्केमैयुङका चार वटा वडासँगै खोटाङ जिल्लालाई जोड्ने सडक निर्माणको शुरुवाती चरणमै गुणस्तरहिन काम भएपछि स्थानीय आक्रोसित भएका हुन् । स्थानीयका साथै जनप्रतिनिधिले पनि गैर जिम्मेवार ढंगले सडक कालोपत्र गर्ने निकायहरुलाई राज्यले कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । 
 
सडक कालोपत्रको क्रममा नालीसमेत व्यवस्थित नगरिएको स्थानीयबासीको भनाइ छ । सडक कालोपत्र शुरु हुँदा उत्साहित बनेका स्थानीय अहिले सडक भत्किएपछि निरास बनेका छन् । ठेकेदार कम्पनीले निर्माण स्थलमा योजना बोर्डसमेत नराख्दा योजनाको बजेटलगायतको विषयमा समेत बेखबर रहेको स्थानीयको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *