Siddarth bankविज्ञापन
समाज

नेपालको सहयोगलाई निरन्तरता दिने एम.सी.सी.को निर्णय

नेपालको सहयोगलाई निरन्तरता दिने एम.सी.सी.को निर्णय

काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एम.सी.सी.)ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ नेपालले बुधबार एक विज्ञप्ति निकालेर निर्णयको स्वागत गरेको छ । एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एम.सी.सी.सँग निकटतापूर्वक काम गरिरहेको छ । 

एम.सी.सी. कम्प्याक्टको कार्यान्वयन गरिरहेको एमसिए–नेपालले हालसम्म तीनवटा ४०० केभीका विद्युत् सबस्टेसन तथा १८ किलोमिटर ४०० केभी प्रसारण लाइनको ठेक्का लगाइसकेको छ । 

बाँकी २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको एमसीए नेपालले जनाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *