Siddarth bankविज्ञापन
समाज

ओझेलमा परेको बागलुङको प्रसिद्व मालिका भगवती मन्दिर पुनर्निर्माण

ओझेलमा परेको बागलुङको प्रसिद्व मालिका भगवती मन्दिर पुनर्निर्माण

बागलुङ । बागलुङमा प्रचारप्रसारको अभावमा ओझेलमा परेको प्रसिद्व धार्मिक शक्तिपिठ मालिका भगवती मन्दिरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउने उद्देश्य साथ पुनर्निर्माण गरिएको छ । 

मनले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको मालिका भगवती मन्दिरको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५४ लाख सहयोगमा पुर्ननिर्माण भएको हो । 

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पेगोडा शैलीमा मन्दिर निर्माण भएको मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेल मैदानलगायत पूर्वाधार निर्माण गरिएको हो । मालिका भगवती मन्दिरको पुनर्निर्माण कलात्मक पगौडा शैलीमा गरिएको हो । बागलुङको पुरानो यो मन्दिरमा भक्तजनले आँटेको मागेको कुरा पुरा हुने जनविश्वास रहेको छ । 

एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण गर्दा काठको झ्याल तथा ढोका भक्तपुरबाट लगिएको हो । ललितपुरका कालीगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण गरिएको छ । 

मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *