काठमाडौं । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलबार अपराह्न खेल्ने क्रममा बालिका सेफ्टीट्याङ्कीमा खसेकी थिइन् ।
उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिएकोमा साँझ मृत्यु भएको हो ।
