मुख्य समाचार

खाद्य सहयता लिने क्रममा गाजामा ३ जनाको मृत्यु, दर्जनौं घाइते

खाद्य सहयता लिने क्रममा गाजामा ३ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । खाद्य सहयता लिने क्रममा गाजामा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन । 

इजरायलद्वारा समर्थन गरिएको विवादास्पद सहायता संस्था गाजा ह्युम्यानिटेरियन फाउन्डेसन तर्फ जाँदै गर्दा उनीहरुले ज्यान गुमाएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका रफाह क्षेत्रमा मध्यदिनको गर्मीमा, फाउन्डेसनले राहत वितरण कार्यक्रम राखेको थियो । इजरायली हवाई आक्रमण र भोकमरीको संकटको बीचमा भागदौड मच्चिदा उनीहरुको ज्यान गएको हो । 

भोकभोकै रहेका हजारौं प्यालेस्टिनीहरूले खाना प्राप्त गर्ने प्रयासमा केही मानिस हराइरहेको बताइएको छ । खाना वितरण हुँदै गर्दा इजरायली सेनाले गोली समेत चलाएको छ । इजरायली सेनाले उनीहरूले सीधै भीडमाथि गोली नचलाएको, केवल चेतावनी स्वरूप बाह्य क्षेत्रमा गोली हानेको दाबी गरेको छ । 

राष्ट्रसंघीय निकायले भने सहायता बाडने फाउन्डेसनको वैधता र क्षमतामाथि प्रश्न उठाउँदै यसले अनुभवको अभावमा अझ बढी मानिसहरूलाई स्थानान्तरण गर्न बाध्य पार्न सक्ने चेतावनी दिएको छ ।  तीन महिनादेखिको इजरायली नाकाबन्दीका कारण झनै गम्भीर भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *