समाज

टहरामा सुतेका दिदी बहिनीको ढुङ्गाले लागेर मृत्यु

टहरामा सुतेका दिदी बहिनीको ढुङ्गाले लागेर मृत्यु

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर मृत्यु भएको छ । 

बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हो । 

नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *