समाज

सोलुदूधकुण्डमा विपद् प्रतिकार्य पोष्ट स्थापना

सोलुदूधकुण्डमा विपद् प्रतिकार्य पोष्ट स्थापना

काठमाडौं । सोलुखुम्बुमा पहिलोपटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोष्ट’ स्थापना गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ को जोरबौद्धमा विपद् पोष्ट सञ्चालनमा आएको हो । 

उक्त पोष्टमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । हालका लागि ११ जनाको सुरक्षाकर्मी टोलीले चौबिसै घण्टा सेवा दिनेगरी व्यवस्था मिलाइएको बताइएको छ । 

सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, माप्यदूधकोशी, महाकुलुङलगायतका पालिकामा पुग्न सहज पर्ने मुख्य सडक नजिकैको क्षेत्र भएकाले गार्मा बजारलाई पोष्टको केन्द्र बनाइएको हो ।  

उक्त पोष्टमार्फत मात्र कार्यान्वयन नभएर जिल्लाभरिका स्थानीय तहका विपद् समितिसँग पनि प्रत्यक्ष समन्वय गर्ने कार्य प्रारम्भ भइसकेको छ । प्रत्येक पालिकाबाट विपद् प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाउने र तालिम प्रदान गरेर एकीकृत प्रणाली विकास गर्ने दीर्घकालीन उद्देश्य छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *