पर्वत । मध्य वर्षादको समय असार साउन र भदौ महिनानामा कानूनी रुपमै नदीजन्य सामाग्री उत्खनन गर्न नपाउने भएपनि पर्वतमा त्यसको पालना भएको छैन ।
पर्वतका खोला नालाहरुमा भने कानून विपरीत निर्माणजन्य सामाग्री निर्वाह उत्खनन भैरहेको छ । सबै निकायको मिलेमोतो मै नदी जन्य उत्खनन बढ्दो मात्रमा रहेको नदी संरक्षणमा लागेका अभियन्ताहरु बताउँछन ।
अनुगमन गर्ने निकाय नै मौन बसेर कालिगण्डकी लगायत नदी जन्य दोहन बढीरहेको सरोकारवालाको भनाइ छ । असार साउन र भदौ महिनामा ठेक्का लगाउन पनि नपाईने कानूनी व्यवस्थाको कार्यान्वयन नभएपछि प्रशासनले अनुगमनको तयारी गरेको छ ।
पर्वतमा विषेशत कालिगण्डी नदी किनार कुस्मा नगरपालिकाका ४, ५ र ८ वडा जलजलाका विभिन्न वडा, मोदी खोला, लमाए खोला लगायतका खोलाहरुमा निर्माण सामाग्री उत्खनन भैरहेको हो ।
धेरैजसो कालिगण्डकीका किनाराबाट दैनिक जसो उत्खनन र निकासी भैरहेको हो । यसमा जिल्ला अनुगमन समितिले चासो नदिएको गुनासो सरोकारवालाको छ ।
