भोजपुर । भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुरको ५ करोड ६२ लाख लागतमा यहाँ पक्की पुल निर्माण गरिएको हो । चिरखुवा खोलामा पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले लामो समयदेखी समस्या झेल्दै आएका थिए ।
चिरखुवा खोलामा कोशी प्रदेश सरकारको रु.पाँच करोड ६२ लाख लागतमा २० दशमलव ६० मिटर लम्बाईको पक्की पुल निर्माण गरिएको हो ।
षडानन्द नगरपालिका वडा नं १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दुरी छोटो भएको छ । पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको छ ।
खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा दुई वडाका नागरिक ११ किलोमिटर घुमेर वालुवाबेँसीबाट नरपालिका केन्द्र दिङ्ला पुग्ने गरेका थिए ।