काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।
बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा मधुमेह रोगबाट वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए। स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए ।
उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।