मुख्य समाचार

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँगै रहेको काँग्रेस नेता कोइरालाको भनाई

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँगै रहेको काँग्रेस नेता कोइरालाको भनाई

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्।

तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको "तुवाचुङ् डे" लाई उदघाटन्  गर्दै कोइरालाले  नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने समेत प्रष्ट पारे ।

संविधानसभाबाट संविधान बन्ने समयमा आफुले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत उनले प्रष्टाए  ।

कार्यक्रममा हलेसी महादेव मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न आफुले सक्दो पहल गर्ने समेत कोइरालाले बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *