मुख्य समाचार

प्रधानमन्त्री आलीद्वारा बधाई ज्ञापन

प्रधानमन्त्री आलीद्वारा बधाई ज्ञापन

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकोमा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन् । 

बुधबार राति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन् । 

बुधबार राति भएको शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । त्यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *