काठमाडौं । एभिन्यूज खबरले नयाँ व्यवस्थापन भित्राएको छ ।
टेलिभिजन पत्रकारिताको लामो अनुभव रहेका अजय ठाकुरलाई एभिन्यूज खबरको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को रुपमा नियुक्त भएका हुन् ।
ठाकुरले टेलिभिजनमा नयाँ पुस्तालाई विश्वसनीय माध्यम बनाउनका लागि आफूले थप पहल गर्ने बताए । सीईओ ठाकुरले खबर प्रशारण संवेदनशील विषय भएकाले जिम्मेबारीका साथ अघि बढाउनुपर्ने बताए ।
नयाँ व्यवस्थापनलाई स्वागत गर्दै एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भास्करराज राजकर्णिकारले नयाँ व्यवस्थापनले टेलिभिजनलाई नयाँ उचाइँमा पुर्याउने विश्वास प्रकट गरे । एभिन्यूजका खबर प्रमुख केदार कोइरालाले अठार वर्ष लामो टेलिभिजन इतिहासलाई नयाँ व्यवस्थापनले थप बलियो बनाउने अपेक्षा राखे ।
एभिन्यूज खबरले अठार वर्ष पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेको अवसरमै नयाँ व्यवस्थापन भित्राएको हो । नयाँ व्यवस्थापनले खबर टेलिभिजनको धारलाई विश्वव्यापी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
सीईओ ठाकुर यसअघि एपीवान र स्पेश फोके टेलिभिजनमा कार्यरत थिए । ठाकुृरसँग काठमाडौं विश्वविद्यालयमा अध्यापन गरेको अनुभव पनि छ ।