Siddarth bankविज्ञापन
समाज

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । 

निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले सोमबारदेखि लागू हुने गरी जिप सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारीका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यति बेला ठुलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ । 

वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको वासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो । 

बर्खायामको समयमा निकुञ्जको बाटोहरू  बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *