मुख्य समाचार

महानगरका प्रवक्ता मानन्धरलाई बालेन सचिवालयको सोध्याे स्पष्टीकरण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले वडा नं. १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको छ। जेठ ८ गते मेयरको निर्देशनमा सोधिएको स्पष्टीकरणमा मेयरको व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ।

सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षरित पत्रमा भनिएको छ, “जनप्रतिनिधिको गरिमामय पदमा रहँदा आधारहीन, अमर्यादित अभिव्यक्तिहरूले मेयरको चरित्रहत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको छ, जुन मुलुकी फौजदारी संहिता, २०७४ अनुसार दण्डनीय छ।” पत्रले सात दिनभित्र गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न निर्देशन दिएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *