समाज

२ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

२ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । 

चुनलिन थान डेढ महिनाअघि काठमाडौंमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *