समाज

पर्सामा खानेपानीको हाहाकार भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पठाए बारुण यन्त्र

पर्सामा खानेपानीको हाहाकार भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पठाए बारुण यन्त्र

पर्सा । पर्सामा खानेपानीको हाहाकार भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पानी आपूर्तिका लागि बारुण यन्त्र पठाएका छन् । 

बुधबार नेपाली सेनाका पृतनापति कृष्ण जिसीलाई आठ वटा बारुण यन्त्र हस्तान्तरण गरी पर्सा पठाएका हुन् । प्रदेश सरकारले खरिद गरेका आठवटा बारुण यन्त्र पानी आपूर्तिका लागि पर्सा पठाइएको हो । 

यसअघि गत २८ गते मुख्यमन्त्री सिंहकै निर्देशनमा बारा, पर्सा र रौतहटका डिभिजन वन कार्यालयबाट तीनवटा बारुण यन्त्र पठाइएको थियो ।  यस्तै नेपाली सेनाबाट आठवटा बारुण यन्त्र पनि पानी आपूर्तिमा खटिन लागिएको जनाइएको छ । 

१९ वटै बारुण यन्त्र स्थानीय प्रमुख जिल्ला अधिकारीको समन्वयमा पर्सामा पानीको अभाव भएको क्षेत्रमा परिचालन हुने बताइएको छ । मंगलबार बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्थानीय तहका लागि खरिद गरिएका ती बारुण यन्त्र संकटको समयमा उपयोग गरिएको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *