भोजपुर । भोजपुरका किसानलाई बर्खेधान थन्काउने चटारो परेको छ ।
कावा खोला क्षेत्रसँगै जिल्लाका बेँसी भेगका किसानहरु धान थन्काउनमा व्यस्त भएका हुन् । खेतमा पहिलो कमाई उठाएपछि यहाँ दोश्रो कमाई विस्तार गर्ने स्थानीय किसानको भनाइ छ ।
सडक विस्तार लगायतका कारण बाढी खेतामा पस्दा भने धानबालीमा क्षति पुगेको स्थानीय किसानको भनाइ छ । सडकमा नाली नहँुदा सडकको पानी खेतमा पश्दा काट्ने बेलाको धान नश्ट भएको किसानले बताएका छन् ।
वर्षेनी खेतीयोग्य भूमि बाझिँदै गइरहेकोले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको यहाँका किसानको भनाइ छ ।