समाज

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ । बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र नजिकै पर्ने चौरीखर्कमा हिजोआज सितालताको खोजी गर्दै पुग्ने घुमन्तेको छहारी बन्न थालेका छन् । 

उत्तरतर्फ सेता दाँत देखाएर मुस्कुराएका अनगिन्ती हिमश्रृङ्खला, मनै लोभ्याउने नाङ्गा डाँडा र भेडीगोठ पर्यटकलाई आकर्षण गर्न थालेका हुन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् । 

पर्यटकलाई लक्षित गरि अघिल्लो वर्ष पदमार्गसमेत निर्माण भएको छ । जसले पर्यटकलाई चौरीखर्कसम्म पुग्नका लागि सहज बनाएको छ । उच्च पहाड हुँदा लेक लाग्ने संभावना हुन्छ । त्यस कारण सतर्कता अपनाउनु पर्ने हुन्छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले अघिल्लो वर्ष १० लाखमा रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरि करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको छ भने यस वर्ष पनि पदमार्गसहित थप पूर्वधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २५ लाख विनियोजन गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *