मुख्य समाचार

अध्यक्ष दाहाल रूकुमपूर्वमा

अध्यक्ष दाहाल रूकुमपूर्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुर्‍याउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए । 

उनले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरु क्रियाशील रहेको बताए ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *