समाज

स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्षमा कार्कीको उम्मेदवारी

स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्षमा कार्कीको उम्मेदवारी

काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को स्कट्ल्याण्डको तर्फबाट उपाध्यक्ष पदमा शशी कार्कीले उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि बेलायतमा बसोवास गर्दे आइरहेका कार्की बिदेशमा रहेर पनि बिभिन्न सामाजिक कार्यमा संलग्न रहेका छन् । एकतावद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिताका साथै नेपाली कला, साहित्य र संस्कृतिको संवद्र्धन एवं प्रवर्धन बिषय उनले आफ्ना चुनावी मुद्दा रहेको बताएका छन् । 

यसैगरी उनले बेलायतमा रहेका र त्यहाँ पुग्ने नेपाली विद्यार्थी र कामदारहरुको अधिकारका बिषय पनि आफ्नो चुनावी एजेण्डा बनाएका छन् । बिदेशमा रहेका नेपालीहरुले भोग्नु परिरहेका बिभिन्न समस्याहरु सबैका साझा समस्या भएका र त्यसलाई समाधान गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको कार्कीले बताएका छन् । 

एनआरएनएलाई एक मर्यादित र सामाजिक संस्थाको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको पनि कार्कीको भनाई छ । यसैगरी एनआरएनए युकेभित्र कानून र नैतिक सिद्धान्त अनुकुल विधिविधान भित्र रहेर काम होस् भन्नका लागि पनि आफूले उम्मेदवारी दिएको कार्कीले बताए । 

कार्की अहिले एनआरएन युेकेको केन्द्रीय सदस्य छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *