काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्मदिन नेपाली भाषाको गौरव गाउने महान् दिन भएको बताएका छन् ।
आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल मात्र नभई आज दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताए ।
संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको शुरुवात हुनु अद्वितीय उदाहरण भएको उनले जिकिर गरे । भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्त्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गरे ।
सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशील र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताए ।