समाज

वर्षासँगै आएको भेलले बिपी राजमार्ग पूर्ण अवरुद्ध

वर्षासँगै आएको भेलले बिपी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं  । वर्षासँगै आएको भेलले पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ ।

सोमबार राति परेको वर्षासँगै आएको भेलले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षासँगै आएको भेलका कारण बिपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका– ११ माम्ती, रोसी गाउँपालिका–९ पिन्थली र रोसी गाउँपालिका–९ बिरुवामा खहरे खोलामा आएको लेदोका कारण सडक अवरुद्ध भएको हो । 

जेसीबिको प्रयोगबाट अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । गत असोज महिनामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि सामान्य वर्षामा समेत बिपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *