मुख्य समाचार

खाडीका ६ वटा देशमा दिउँसोको घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध

खाडीका ६ वटा देशमा दिउँसोको घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध

एजेन्सी । खाडीका ६ वटा मुलुकहरुले तापक्रम निकै बढेकोले घाम सिधै पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् । 

तापक्रम अत्यधिक बढेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनले सिधा घाम पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यी मुलुकहरुले काम गर्न नपाउने मिति र समय देश अनुसार फरक–फरक तय भएको छ । गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस र अधिकतम तापक्रम ५५ डिग्री सेल्सियससम्म पुगेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरुको सुरक्षा प्रदान गर्न आग्रह गरे अनुरुप ती देशहरुले निकै घाम हुने ठाउँमा काम गर्न प्रतिबन्ध लगाएको हो । 

यो निर्णयले नेपाल लगाएत बिभिन्न मुलुकका लाखौं श्रमजीवीहरुलाई राहत मिलेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *