मुख्य समाचार

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे हुनेछ । 

बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रर्वद्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल जारी छ ।  

दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन

हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ३३ करोड ४४ लाख छ हजार राजस्व सङ्कलन गरेको छ ।  

दश महिनामा सम्पत्ति करबाट छ करोड ८५ लाख ६८ हजार ९७१, घरबहाल करबापत चार करोड ६३ लाख ३५ हजार ८४, नक्सापास दस्तुर पाँच करोड ७५ लाख ५८ हजार ५१०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट तीन करोड ५६ लाख २५ हजार सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *