समाज

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *