समाज

बी.पी. राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक

बी.पी. राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक

काठमाडौं । बी.पी. राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

बी.पी.राजमार्ग अन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।

रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । आजदेखि काठमाडौैबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने  बताईएको छ । मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्लो निर्णय गरिएको हो । 

यसअघि  असार ६ गते काभे्र, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय समितिको निर्णयले बी.पी. राजमार्गमा असार ७ गतेदेखि रातमा १५ दिन सवारी सञ्चालनमा रोक लगाएको थियो । 

गत असोजको बाढीपहिरोले बी.पी. राजमार्ग क्षतिग्रस्त भएकाले बर्षातमा रातीको समयमा सवारी चलाउन जोखिमपुर्ण हुने प्रशासनको भनाइ छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *