काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पश्चिमटोलका १ सय २५ भन्दा बढी घरपरिवारलाई ट्याङरबाट खानेपानी वितरण गर्न निर्देशन दिएका छन् ।
एभिन्युज खबरले नर्घो पश्चिमटोलका १ सय २५ भन्दा बढी घरपरिवारहरुको चापाकल सुक्दा खानेपानी अभाव सम्वन्धी सामग्री प्रशारण गरेपछि मुख्यमन्त्री सतिश कुमार सिंहले ट्याङ्रबाट पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
शुक्रबार गृह जिल्ला सप्तरी पुगेका सिंहले खानेपानीको समस्या देखिएका क्षेत्रमा तत्काल प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालय सप्तरीको एउटा र प्रदेश सरकारको थप दुई वटा गरि तीन वटा ट्याङ्करवाट खानेपानी आपूर्ति मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले पनि अति प्रभावित क्षेत्रमा खानेपानीको आपुर्ति व्यवस्था मिलाउने गरि तत्काल कार्य शुुरु गर्ने जनाएको छ ।