काठमाडौ । एभिन्यूज खबरको वरिष्ठ सम्पादक तथा कार्यक्रम निर्मातामा ग्रिष्मा राजभण्डारी नियुक्त भएकी छिन्। आइतवार समाचार कक्षमा आयोजित एक कार्यक्रममा कार्यकारी प्रमुख भाष्करराज राजकर्णिकारले उनलाई एभिन्यूज खबरमा स्वागत गरेका हुन्।
स्वागतसँगै जिम्मेवारी सम्हाल्दै राजभण्डारीले आफुले टेलिभिजन पत्रकारितामा सिकेको जानेको सबै कुरा एभिन्यूजमा पोख्ने बताइन् । राजभण्डारी यसअघि विगत २४ बर्षदेखि इमेज च्यानलमा आबद्ध थिइन् ।
स्वागत कार्यक्रमा भावुक हुँदै उनले इमेजको ढोका बन्द भएपनि एभिन्यूजमा नयाँ ढोका खुलेको बताइन्। आफुले पत्रकारितामा अझै सिक्न बाँकी रहेको भन्दै राजभण्डारले आफुले सिकेको टेलिभिजन पत्रकारिताको सबै ज्ञान र सिप एभिन्यूज खबरमा पोख्ने बताइन् ।
वरिष्ठ सम्पादक तथा कार्यक्रम निर्मातामा राजभण्डारीलाई स्वागत गर्दै कार्यकारी प्रमुख राजकर्णिकारले राजभण्डारीको नेतृत्वमा उनको २४ बर्षे टेलिभिजन पत्रकारिताको अनुभवले एभिन्यूज खबरले थप परिपक्वता हासिल गर्ने र विश्वसनीयता स्थापित गर्ने विश्वास व्यक्त गरे ।