मुख्य समाचार

अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने

अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने

एजेन्सी । औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ । 

फेयर वर्क कमिसनले मंगलबार घोषणा गर्दै जुलाई १ देखि राष्ट्रिय न्युनतम ज्याला प्रतिघण्टा २४.१ अष्ट्रेलियाली डलर (१५.६ अमेरिकी डलर) बाट बढेर २४.९५ अष्ट्रेलियाली डलर (१६.१ अमेरिकी डलर) प्रतिघण्टा वा पूर्ण–समय ३८–घण्टा कार्य हप्ताको आधारमा प्रति हप्ता ९४८ अष्ट्रेलियाली डलर (६१४ अमेरिकी डलर) हुनेछ । 

एफडब्ल्युसीले सरकार, रोजगारदाता र युनियनहरूसँगको परामर्शको आधारमा गरिएको यो निर्णयले २६ लाखभन्दा बढी अष्ट्रेलियाली कामदारहरूलाई असर गर्ने बताएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *