मुख्य समाचार

कलाकार घनश्याम गौतमको निधन

कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । कलाकार घनश्याम गौतमको निधन भएको छ ।  

लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका ४३ वर्षिय गौतमको सोमबार राति निधन भएको हो । 

उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेका हुन् । 

गौतम चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए । उनले विभिन्न हास्य श्रृंखला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका थिए । 

उनको निधनमा कलाकारहरूले सामाजिक संजालबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *