मुख्य समाचार

अनेरास्ववियुको महाधिवेशन आज,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

अनेरास्ववियुको महाधिवेशन आज,  प्रधानमन्त्री ओलीले  उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट शुुरू हुँदैछ । 

जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष के.पी. शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको उद्घाटन त्रिवि स्मृति भवन कीर्तिपुरमा हुनेछ । 

बन्द सत्र पनि सोही हलमा हुने तालिका छ । महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 

३२ वर्षे उमेरहद लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्।् । पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका भएकाले उनीहरुमध्ये एकजना अध्यक्ष हुने सम्भावना छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *