समाज

नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा

नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आगामी सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । 

उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था तथा चिकित्सकहरुलाई अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो । 

संघका महासचिव डा. सञ्जीव तिवारीले एक बक्तब्य जारी गर्दै आफूहरूको मागका सम्बन्धमा संघका कार्यालयहरू मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको जनाएका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *