समाज

म्याग्दीमा पहिलो पटक अकवरे खुर्सानी खेती

म्याग्दीमा पहिलो पटक अकवरे खुर्सानी खेती

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकवरे जातको खुर्सानी खेती भएको छ । 

धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानी खेती गरेका हुन् । खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि उनले बोट उम्रने बाहेकका जमिनमा पलास्टिकले छोप्ने मल्चिङ प्रबिधी अपनाएका छन् । 

पलास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोशक तव्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रबिधीको प्रयोग हुने गर्छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटर उचाईमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परिक्षण गरेर यसपाली देखि खुर्सानीको व्यवसायिक खेती शुरु गरेको मगरले बताए । 

धवलागिरी गाउँपालिकामा यसअघि व्यवसायिक रुपमा अकवरे जातको खुर्सानी खेती भएको थिएन् । बजारको सम्भावना भएकाले अकवरे खुर्सानी खेती गरेको कृषक मगरले बताए । 

३० वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किवी खेती, कुखुरा र बाख्रापालन पनि गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *