समाज

झोलुङ्गे पुलले यात्रा छोटिएसँगै गुल्मीका स्थानीय हर्षित

झोलुङ्गे पुलले यात्रा छोटिएसँगै गुल्मीका स्थानीय हर्षित

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं १ र २ अन्तर्गत थोर्गा र ग्वादीको बिचमा झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीय हर्षित भएका छन । 

खोलामा पुल नहुँदा पाँच मिनेटको दुरीमा पुग्न पनि घण्टौं समय खर्चिनुपर्ने बाध्यता हटेपछि स्थानीय हर्षित भएका हुन् । दुई वटा वडाका गाउँहरु जोडनका पुल बनेपछि वारीपारी गर्न र आपदविपदमा  गाउँलेहरुलाई एक आपसमा सहयोग सजिलो भएको स्थानीयको भनाइ छ । 

त्यतिमात्र हैन झोलुङ्गे पुलले यतिबेला गाउँमा स्थानीयको दैनिकी पनि बदलेकोे छ । लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत १ करोड ८६ लाख रुपैयाँको लागतमा रुरुक्षेत्रमा पुल निर्माण गरिएको हो । झोलुङ्गे पुलले पालिकाको वडा नं १ को गोलपोखरी र वडा नं २ को चौर फाँटलाई जोडेको छ । 

झोलुङ्गे पुलले दुई गाउँलाई नजिक बनाउनुका साथै कृषकहरुलाई उत्पादिन कृषिजन्य सामग्रिहरु बजारसम्म पुराउन थप सहज बनाएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । स्थानीय तह निर्माणपछि रुरुक्षेत्रमा मात्रै ग्वादी सहित छम्दी, तालखोला र गोलपोखरी–बेँसीकाचौर गरेर चार वटा झोलुङ्गे पुल निर्माण भैसकेका छन ।    

झोलुङ्गे पुल थोर्गा र ग्वादीका स्थानीयहरुका लागि गौरवको योजना हो । पुल नहुँदा बाँझो बनेका खेतबारीमा अहिले खेतीपातीले भरिभराउ बनेका छन । गाउँमा कृषि क्रान्तिसँगै बृद्ध र विद्यार्थीका लागि पनि ठूलो राहत पुगेको छ । 

पुलको ३ सय ४२ मिटर लम्बाई र एक सय ३७ मिटर उचाई रहेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *