काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित किराना पसलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका हुम्लाका अनुसार मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो ।
किराना पसलमा आज विहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको छ ।
स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ ।