काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा १ दम्पती बेपत्ता भएका छन् ।
शनिबार राति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएकी थिइन् । बेपत्ता दम्पतीको स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
शनिबार रातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।
