मुख्य समाचार

तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुँदै

तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं । राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ताको तयारी गरेको छ ।

प्रहरीले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाएलगत्तै सरकारी वकिलको कार्यालय आज अभियोजनको तयारीमा जुटेको होसंगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको समय सकिन लागेकाले मुद्दा दर्ता प्रक्रिया अघि बढाएको हो । शुक्रबार नै मुद्दा दर्ता गर्ने तयारी भएपनि समय नपुगेकाले आज अभियोजन गरिने भएको हो । 

प्रहरीले अनुसन्धान प्रतिवेदनमा एक सय भन्दा बढीलाई  बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।  दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । 

त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी छ । घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमा रहेका छन । अरु हाजिरी जमानीमा रिहा भएका छन् । 

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजा फर्काउन भन्दै भएको प्रदर्शनमा एभिन्युजकर्मी सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीका अनुसार उक्त घटनामा ५६ करोड रुपैयाँभन्दा धेरैको धनमालमा आगजनी भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *