मुख्य समाचार

इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणमा ९ जना बालबालिकाको मृत्यु

इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणमा ९ जना बालबालिकाको मृत्यु

एजेन्सी । गाजाको खान युनिसमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा ९ जना बालबालिकाको मृत्यु भएको छ । 

नासेर अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर अलाआ अलनज्जारको घरमा बम खस्दा ९ जना बालबालिकाको ज्यान गएको हो । उनका श्रीमान र एक छोरा घाइते भएका छन । खान युनिसमा २४ घण्टाको अवधिमा कम्तिमा ७४ जना मारिएका छन् । 

यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा अहिले चलिरहेको अवस्था युद्धको सबैभन्दा क्रुर चरण भएको भन्दै दुःख व्यक्त गरेका छन् । इजरायलले केही दिनअघि मात्र मानवीय सहायता प्रवेशमा प्रतिबन्ध खुकुलो पारेको भने पनि आपूर्ति निकै न्यून छ ।

गाजाका बालबालिका भोकमरीको सिकार बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । खानेपानी र इन्धन अभावका कारण सरसफाइ केन्द्रहरू बन्द भएको बताइएको छ । गाजामा इजरायलको आक्रमणमा साढे १६ हजार भन्दा धेरै बालबालिकाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *