अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँचीका विभिन्न स्थानबाट जिल्ला अदालतले दोषी ठहर गरेका तर, फरार रहेका ३१ जन कैदीलाई गत आर्थिक वर्ष २०८१÷८२ मा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ पर्नेमा १० वर्षभन्दा बढी कैद सजाय रहेका १ जना र ५ वर्ष कैद सजाय रहेका ३० जना रहेका छन् ।
उनीहरुबाट १२ लाख ३४ हजार ९ सय ९५ रुपैया जरिवाना समेत असुलउपर गरिएको छ । अर्घाखाँचीमा एक वर्षको अवधीमा ५० जनाले आत्म हत्या गरेको प्रहरीले जनाएको छ । आत्म हत्या गर्नेमा १८ बर्ष मुनीका ५ जना र ६० वर्ष भन्दा माथीका ६ जना समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा एक वर्षको अवधीमा १ सय ६४ वटा मुद्धा दर्ता भएका छन् । जसमा ६४ वटा मुद्धा फर्छयौट भएका छन् । मुद्दाको आधारमा एक सय ७ जनालाइ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
