मुख्य समाचार

सुडानमा हैजाका कारण १ सय ७२ जनाको मृत्यु

सुडानमा हैजाका कारण १ सय ७२ जनाको मृत्यु

एजेन्सी । सुडानमा हैजाका कारण १ सय ७२ जनाको मृत्यु भएको छ । 

एक सातामा २ हजार ७ सय सङ्क्रमित फेला परेका छन । खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन् । सेनासँगको युद्धमा अर्धसैनिक बललाई दोषी ठहर्‍याइएको ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा पानी र बिजुली आपूर्तिमा गम्भीर अवरोध आएपछि हैजा देखिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार देशको दक्षिण, मध्य र उत्तरमा पनि सङ्क्रमण देखिएको छ । सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भएपनि युद्ध शुरु भएदेखि प्रकोप अझ खराब भएको हो । 

पछिल्लो तीन हप्तामा दुई हजार ३ सय भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको थियो । चिकित्सक संघका अनुसार देशको स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण यहाँका ९० प्रतिशतभन्दा बढी अस्पताल कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन्  । स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ । अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ । 

युद्धले १ करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कट सिर्जना गरेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *